प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिंसात्मक नागरिक प्रदर्शन

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ। नागरिक प्रदर्शनको नेतृत्व चिकित्सा सुधार अभियन्ता डा.गोविन्द केसीले गरेका हुन्।

माइतीघरमा गरिएको प्रर्दशनमा सहभागीहरूले ‘सर्वसत्तावाद मुर्दावाद’, ‘लोकतन्त्र मास्न पाइँदैन’, ‘नागरिक अगाढि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘सवैधानिक सर्वोच्चता कायम गर’, ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरङ्कुस सरकार चाहिँदैन’ लगायतका नारा लेखेका पोस्टर बोकेका थिए।

प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका छन्। उनीहरूले सरकार स्वेच्छाचारी बनेको आराेप लगाउँदै नागरिक समूहले सरकारलाई खबरदारी गर्ने बताएका छन्। नागरिक प्रदर्शनमा पत्रकार, कलाकार, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागी थिए।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय