ओली सहमतिविना हिँडन खोज्दा अहिलेको परिस्थिति आयाे: झलनाथ खनाल

इलाम। दाहाल–नेपाल समूहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा (संसद्) विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताएका छन्।

गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सबै डटेर लाग्नु पर्ने बताए।

प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग गर्न नसकेको भन्दै वरिष्ठ नेता खनालले ओली सहमतिविना आफूखुसी हिँडन खोज्दा अहिलेको परिस्थिति निम्तिएको जिकिर गर्नुभयो ।

नेता जनार्दन शर्माले ओली प्रवृत्तिको उदेश्य लोकतन्त्र र संविधान खारेज गर्ने रहेको आरोप लगाउनुभयो । संविधानलाई बचाउन आन्दोलन गर्नुपर्ने र केपी प्रवृत्ति बुझेर अघि बढ्नुपर्ने बताउँदै उहाँले ओली प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलन सफल नहुने जिकिर गर्नुभयो ।

अन्य सम्बन्धित समाचार:  आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ