बिग ब्याश लिगको उपाधि सिड्नी सिक्सर्सलाई

बिग ब्याश

काठमाडौं। अस्ट्रेलियामा जारी बिग ब्याश लिग क्रिकेटको दशौं संस्करणको उपाधि सिड्नी सिक्सर्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा पर्थ स्कर्चर्सलाई २७ रनले हराउँदै सिड्नीले उपाधि जितेको हो।

जितका लागि १८९ रनको लक्ष्य पछ्याएको पर्थले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६१ रन मात्र बनाउन सक्यो। पर्थका लागि लायम लिभिङस्टोनले ४५, क्यामरन ब्याङ्क्रफ्टले ३०, आरोन हार्डीले २६, जश इङ्लिसले २२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

पर्थलाई लक्ष्यअगावै रोक्न सिड्नीका बेन ड्वार्सुइसले ३ तथा ड्यानियल क्रिस्चियन, ज्याक्सन बर्ड र सिन एबटले समान २-२ विकेट लिए।

त्यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो। उसका लागि ओपनर जेम्स भिन्सले ९५ रन बनाए भने ड्यानियल क्रिस्चियनले २०, कप्तान मोइजेज हेनरिक्सले १८ र जोर्डन सिल्कले अविजित रहँदै १७ रनको योगदान दिए।

अन्य सम्बन्धित समाचार:  म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

बलिङतर्फ पर्थका झाइ रिचर्डसन र एन्ड्रयु टाइले समान २-२ तथा फवाद अहमदले १ विकेट हात पारेका थिए।