एजेन्सी। इङल्याण्डले भारतविरुद्धको पहिलो टेस्टको दोस्रो दिन उत्कृष्ट ब्याटिंग गर्दै ८ विकेट गुमाएर ५५५ रन बनाएको छ। इङल्याण्डका लागि कप्तान जो रुटले दोहोरो शतक प्रहार गरेका छन्। उनी २१८ रन बनाएर आउट भएका थिए।
त्यस्तै इङल्याण्डकाे बिशाल स्कोरका लागि डोमिनिक सिब्लेले ८७ तथा बेन स्टोक्सले ८२ रनकाे याेगदान दिए।
यस बाहेक ओल्ली पोपले ३४, रोरी बर्न्सले ३३, जस बटलरले ३० रन बनाए। डोम बेसले २८ र ज्याक लीचले ६ रन बनाएर खेलिरहँदा दाेस्राे दिनकाे खेल सकिएकाे थियाे।
बलिङतर्फ भारतका इशान्त शर्मा, जसप्रित बुमराह, रविचन्द्रन आश्विन र शहबाज नदीमले समान २-२ विकेट लिए। तेस्राे दिनको खेल भाेलि इङल्याण्डले ५५५/८ को स्थितिबाट अगाडि बढाउनेछ।