सुमो दुर्घटना, एक जनाको मृत्यु ४ जना घाइते

मकवानपुर। मकवानपुरमा यात्रुबाहक सुमो दुर्घटना हुदाँ एक जनाको  मृत्यु  भएको छ। उक्त दुर्घटनामा परि चार जना घाइते भएका छन्।  जिल्लाको सिमभञ्ज्याङमा  शनिबार  बेलुका यात्रुबाहक सुमो दुर्घटना भएको हो।

घाइतेलाई स्थानीयले उद्धार गरी उपचारका लागि हेटौंडा पठाएका छन्। मृतक र घाइतेको पहिचान खुल्न नसकेको जनाइएको छ।काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा १ ज ४१३८ नम्बरको सुमो बेलुकी आठ बजेतिर सिमभञ्ज्याङ गोलमोडमा दुर्घटनामा परेको हो।सुमोका चालक भने फरार रहेका प्रहरीले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  गुडिरहेको मालवाहक ट्रकमा आगलागी