विश्वभर एकै दिन ११ हजार जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडाैं

काठमाडौं। विश्वभर एकै दिन करिब ११ हजार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर १० हजार नौ सय ६४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख १८ हजार आठ सय ४१ पुगेको छ।

वल्र्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार छ सय ९५ जना सङ्क्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ७३ हजार चार सय ९३ पुगेको छ। 

बेलायतमा आठ सय २८ सङ्क्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा नौ सय ४२ जनाले कोरोना सङ्क्रमितको मृत्यु भएको छ। त्यसैगरी  २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका तीन सय ३७, मेक्सिकोका एक हजार तीन सय ६८, रूसका चार सय ९७, दक्षिण अफ्रिकाका दुई सय ७८, फ्रान्सका एक सय ९१ तथा इटालीका तीन सय ८५ जना रहेका छन्।

भारतमा सोही अवधिमा ७२ जनाको मृत्यु भएको छ भने यससँगै हालसम्म भारतमा एक लाख ५५ हजार २८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने