बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या

भावना पाैडेल, बैतडी। बैतडीको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन्। पुर्चौंडी नगरपालिका १० का अन्दाजी ५५ बर्षीय धनसिंह महराले आफ्नी छोरी विनिता महरा धामी माथि गोली हानी हत्या गरेका पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले पुष्टि गरेकी छन्।

अहिले प्रहरीको टोली घटनास्थल तर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ। विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको उनले बताइन। छोरीलाई गोली हानेर महरा जङ्गलतिर भागेका प्रहरीले जनाएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ। 

अन्य सम्बन्धित समाचार:  निर्मला पन्तका हत्यारालाई कानूनी दायरामा छिट्टै ल्याइने