काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम बुलेटिन जारी गर्दै हाल प्रदेश १ पहाडी भूभागहरूमा आंशिक बदली रहेको जनाएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। त्यसैगरी आज राती प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।