सञ्चारकर्मीलाई निःशुल्क कोरोना विरुद्धको खोप

काठमाडौं। सरकारले कोरोना भाइरस विरुद्धको अभियानअन्तर्गत सञ्चारकर्मीलाई कोभिसिल्ड खोप निःशुल्क  उपलब्ध गराउने भएको छ। यो सुविधा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले पनि पाउने जनाइएको छ। 

स्वास्थ्यकर्मी पछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको पालो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। सूचना विभागद्वारा वितरित प्रेस पासका आधारमा सञ्चारकर्मीलाई खोप उपलब्ध गराइने उनले जनाएका छन्।

त्यस्तै कूटनीतिक नियोग एवं संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका विदेशी कर्मचारीका परिवारलाई पनि खोप लगाइनेछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, निजामती अस्पताल र पाटन अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ११२ जनामा कोरोना संक्रमण