दुर्घटनामा तामाङको मृत्यु भएपछि नुवाकोटमा प्रदर्शन

नुवाकोट। नुवाकोटमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति गाडीको ठक्करबाट लिखु गाउँपालिका वडा नम्बर ३ पट्टाबारीमा सुर्यगढी गाउँपालिका वडा नम्बर ५ घर भइ लिखु ३ पट्टाबारी बसोवास गर्दै आएका कमानसिंङ तामाङको मृत्यु भएको जनाइएको छ।

टोखा–छहरे–ढिकुरे सडक हुँदै काठमाडौं बाट नुवाकोट जाँदै गरेको प्रदेश ३–०१–०२२ नम्बरको बोलेरो गाडीले तामाङ सवार बा६३प ४६९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त घटनापछि आइतबार बिहानैदेखि मृतकका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै  ढिकुरेमा प्रदर्शन गर्दै सडक बन्द गराएका छन्। प्रहरीका अनुसार सडक अबरुद्ध हुँदा नुवाकोटबाट टोखा–छहरे–ढिकुरे भएर सञ्चालन हुने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

अन्य सम्बन्धित समाचार:  सवारीको ठक्करबाट चितुवा मर्यो