महिला लिग फुटबल अन्तर्गत दुई खेल हुँदै

काठमाडौं। राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा वालिङ नगरपालिका स्याङजा र चौदण्डीगडी नगरपालिका उदयपुर बिच हुनेछ। खेल मध्यान्ह साढे ११ मा सुरु हुनेछ भने उक्त खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने जनाइएको छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र पुलिस आमनेसामने हुनेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ भने याे खेल पनि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा नै हुनेछ।

 

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः मध्यपुर युथ विजयी