छोरीको हत्या गरी भागेका बाबुले राति घरमा आगो लगाए

बैतडी। बैतडीमा छोरीलाई गोली हानी हत्या गरेर फरार भएका बाबुले राति आएर घरमा आगो लगाएका छन्। पुर्चौडी नगरपालिका–१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए।

सनिवार दिउँसो छोरीलाई गोली हानेपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका हुन्। महराको खोजी भइरहेको छ भने उनले छोरीको हत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए