बैतडीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु 

भावना पौडेल, डडेल्धुरा। बैतडीमा टिपर दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ९ बजे सुल्लेखानबाट ढुङ्गा लिएर मड तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ क १५८४ नम्बरको टिपर  दुर्घटना हुँदा शिवनाथ गाउँपालिका –२ पौखरका ४८ वर्षीय चालक हिक्मतसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिपर  सडकबाट करिब २ सय मिटर तल खसेको र दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनाको कारण खुल्न सकेको छैन।

अन्य सम्बन्धित समाचार:  कैलालीमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी