नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्र बनाउने घोषणा गरेको हो।

बाराक र मिसेलको कम्पनीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ हुने जनाइएको छ। यसको निर्देशन जेनिफर पिदोम र लुक डेभिसले गर्नेछन्।

सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहद्वारा सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन