किशोरीलाई विवाह गर्छु भनी फकाएर बलात्कार गर्ने युवा पक्राउ

करणी पक्राउ

सुनसरी। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। धरान उपमहानगरपालिका -७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका  -५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  घुस लिएको आरोपमा पक्राउ