काठमाडाै। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका विद्यार्थीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। अनामनगर हनुमानस्थानमा नारा जुलुस गर्दै विद्यार्थीहरूले प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
केही दिनअघि ओली पक्षका युवाहरूले मार्च गर्दै ‘केपी ओली आइ लभ यू’ भनेर नारा लगाएपछि आइतबार नारा लगाउने विद्यार्थीले त्यसको प्रतिवाद गर्दै ‘केपी ओली वि हेट यू’ भनेका हुन्।
विद्यार्थीहरूले बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेका थिए। तर, पूर्वनिर्धारित कार्यक्रम स्थान परिवर्तन गरी हनुमानस्थानमा विरोध प्रदर्शन गरेको बताईएकाे छ।
अखिलले प्रतिनिधि सभा विघटन विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउन हिँडेका अनेरास्ववियूका युवाहरुलाई प्रहरीले रोकेको छ।
आइतबार दिउँसो हनुमानस्थानमा भेला भएर सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोध पत्र बुझाउन जान लागेको उनीहरूलाई प्रहरीले रोकेको हो। प्रहरीले रोकेपछि विद्यार्थीहरूले नारावाजी गरेका हुन्।