स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं। बाराको फेटा गाउँपालिका ५, जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित दुईजना छन्।

प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो।