कपिलवस्तुमा प्रधानमन्त्री ओलीको पुतला दहन

कपिलवस्तु। जनता समाजवादी पार्टी नेपालले संसद पुनःस्थापनाको माग गर्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवालगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ। जसपाको केन्द्रीय निर्देशन अनुसार तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीको पुतला दहन गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए। प्रधानमन्त्रीको पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस