जनता नै कांग्रेसको मियो हुन्: गगन थापा

गगन

काठमाडाैं। नेपाली कांग्रेसका नेता गगन थापाले मञ्चमा बस्ने दलका नेताहरू कांग्रेसको मियो नभएको उल्लेख गरेका छन्। थापाले कांग्रेसको मियो जनता भएको उल्लेख गर्दै वीरगञ्जकाे सभामा भने, ‘मञ्चमा बस्नेहरु कांग्रेसको मियो होइनन्। जनता नै कांग्रेसको मियो हुन्। मधेस कांग्रेसको मियो हो।’

मधेसको मतले नै कांग्रेसले विगतमा सत्ताको वागडोर सम्हाल्ने अवसर पाएको स्मरण गरे। नेकपा र मधेसी मूलका दलले जनतालाई समानता प्रदान गर्न नसक्ने उनले दाबी गरे। संसदमा तथा प्रदेश २ सरकारमा मधेसी दलले आफ्नो भूमिका प्रभावकारी बनाउन सकेको भए वर्तमान अवस्था आउनै नसक्ने उनको तर्क थियो।

मधेसी दलले जनतामा फैलाएको भ्रमलाई चिर्दै कांग्रेसको तागत मधेसमा देखाउनुपर्ने उनले बताए। मधेसका मुद्दामा कांग्रेसले संविधान संशोधनको मुद्दा उठाउनुपर्ने थापाको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसले बोलायो संसदीय दलको बैठक

संविधान सच्याएरमात्रै कांग्रेस निर्वाचनमा जानुपर्ने थापाले दोहोर्‍याए। जनताको तागत नै सबैभन्दा ठूलो तागत हो। संविधान सच्याएर मात्रै चुनावमा जाने हो।’