कास्की। पोखराबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले लाइसेन्स बनाइदिने भन्दै ठगी गरेको आरोपमा खगेन्द्र प्रसाद काफ्लेलाई पक्राउ गरेको हो।
पोखरा महानगडरपालिका १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्रालीका सञ्चालक काफ्ले लाइसेन्स बनाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।