एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

विघटन मुद्दा

 काठमाडौं।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आइतबार आन्तरिक राजश्व विभाग समेतको नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल कर नउठाउन आदेश दिएको हो। सर्वोच्चले यसअघि पनि प्रक्रिया अगाडि नबढाउन आदेश दिएको थियो। तर सोही दिन कर कार्यालयबाट एनसेलमा कर चुक्ताको पत्र पुगेको थियो।

एनसेलको स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरेको थियो। २०७२ मा एनसेल खरिदबिक्री हुदा टेलियासोनेराबाट आक्जिआटामा स्वामित्व हस्तान्तरण भएको थियो।

उक्त कारोबारमा लाग्ने पुँजीगत लाभकरको विषय टुङ्गिएपछि एनसेललाई आयकर ऐनको दफा ५७ अनुसार कर निर्धारण गरेको हो।पुँजीगत लाभकरको विषय टुङ्गिएपछि स्वामित्व नियन्त्रणमा परिवर्तन गर्दा लाग्ने करको विषय अहिले उठेको हो।

अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादको बहस सकियो, निर्णय फागुन २० गते सुनाउने