सरकारी पक्षकै सेटिङमा प्रदेश सभा बैठक सारियोः कांग्रेस

मोरङ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेश सभा बैठक फागुन दोस्रो साता सारिएकोमा आपत्ति जनाएको छ।

कपाभित्रको आन्तरिक खिचँलो र विवादका कारण संसदलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिदैं आएको कांग्रेसले आज करिब साढे ४ मिनेट बसेको बैठकपछि प्रतिक्रिया दिदैं असन्तुष्टि जनाएको हो।

बैठकपछि कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नेकपाकै नेताहरुबीचको सेटिङमा बैठक सारिएको आरोप लगाए।

सरकार पक्ष आफैले अविश्वासको प्रस्ताव टेबल हुने डरले सदन अवरुद्ध गर्नु आफैमा अचम्मित घटना भएको उनले बताए। सरकार पक्ष आफैपनि सदन सुचारु गर्नेतर्फ गम्भीर नभएको नेता कोइरालाको आरोप छ।

अन्य सम्बन्धित समाचार:  उर्लाबारी घटनाः इन्सपेक्टरलाई कारबाही गर्न माग