इटालियन सिरी ‘ए’: मिलानको सानदार जित

एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकालेको छ। भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच र एन्टी रेविच चम्कँदा मिलानले जित निकालेको हो।

घरेलु मैदानमा ज्लाटन र रेविचले समान दुई गोल गरेपछि मिलानले क्रोटोनमाथि ४–० को सानदार जित हात पारेको हो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा मिलानले खेलको ३०औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो ।

ज्लाटनले राफयल लियोको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा ज्लाटनले थियो हर्नान्डेजको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

अन्य सम्बन्धित समाचार:  जर्मन बुन्डेसलिगामा अर्मिनियाविरुद्ध डर्टमण्डको ३ गोल

६९औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई ३–० ले अघि बढाए । उनले हकान चाल्हानोग्लुको पासमा गोल गरेका थिए । लगत्तै ७०औं मिनेटमा रेविचले गोल गर्दै मिलानलाई ४–० को फराकिलो जित दिलाए ।

यस जितसँगै मिलान २१ खेलबाट ४९ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । मिलाले शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । पराजित क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।