भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो।

पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ। स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको पाइएको छ।

हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ गरिसकिएको प्रहरी निरीक्षक धामीले बताए। भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुकलगायतको विश्लेषणसमेत प्रहरीले गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए