इङ्लिस प्रिमियर लिगः लिभरपुलको लज्जास्पद हार

एजेन्सी। इङ्लिस प्रिमियर लिग अन्तर्गत २३औं चरणको गएराती सम्पन्न खेलमा म्यानचेष्टर सिटीसँग लिभरपुल स्तब्ध बन्न पुगेको छ। लिभरपुलले आफ्नै घरेलु मैदान लज्जास्पद हार ब्यहोरेको हो।

शीर्ष स्थानमा रहेको सिटीसँग पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफमा भने गोलको वर्षालाई रोक्न सकेन। सिटी लिभरपुललाई १ गोलका विरुद्ध चार गोलले पराजित गर्दै अंकतालिकामा ५० अंकसहित शीर्ष स्थानमा रहेको छ।

गएराती सम्पन्न अर्को खेलमा १४औं स्थानमा रहेको उल्भ्सले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको छ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा चेल्सीले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध दुई गोलको जीत निकालेको हो।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता

चेल्सीले नयाँ मेनेजर पाएपछि आफ्नो बिजययात्रा कायम राख्दै ३९ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा आइपुगिसकेको छ। दोस्रो र तेस्रो स्थानमा भने क्रमशः म्यानचेष्टर युनाइटेड र लेस्टरसिटी रहेका छन्।