मौसम विभागले भन्योः चिसो अझै छ, आवश्यक सावधानी अपनाउनुस्

फुल्चोकी

काठमाडौं। मौसम सामान्यतया सुधार भएपनि अझै केही दिनसम्म चिसो रहरहने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पुर्वानूमान महाशाखाले आग्रह गरेको छ।

सोमवार बिहान एक बुलेटिन सार्वजनिक गर्दै विभागले चिसो अझै रहिरहने र तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

विभागका अनुसार, अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। सोमवार दिउँसो तथा राति सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।

यसअघि शनिबार काठमाडौं सहित देशका उच्च पहाडि तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो।

अन्य सम्बन्धित समाचार:  अवैध औषधिसहित एक युवक पक्राउ