दाङमा एक युवकको शव फेला

दाङ। दाङमा जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। घटनास्थल धर्ना गाउँबाट झन्डै ३ घन्टाभित्रको पैदल दूरीमा पर्छ।

वनमा गएका स्थानीय चौधरी महिलाहरूले दुई दिन अगाडि जंगलको बीचको तलाउमा शव देखेपछि परिवारका सदस्यलाई खबर गरेपछि घटनाबारे प्रहरीले आइतबार बेलुका अबेरमात्रै थाहा पाएको डिएसपी रिजालले बताए।