प्रहरीलाई हातपात गर्ने दुईजना पक्राउ

काठमाडौं। झापामा डिउटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको कचनकवल गाउँपालिका ६, बनियानी चोकमा डिउटीमा खटिएका प्हरमिाथि हातपात गर्ने सोही ठाउँका ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो।

मोटरसाइकलमा बिना हेलमेट सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउन भन्दै रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपातसमेत गरेपपछि उनीहरुलाई पक्राउ गरेको हो ।

अन्य सम्बन्धित समाचार:  उर्लाबारी घटनाः इन्सपेक्टरलाई कारबाही गर्न माग