एजेन्सी। आउँदै गरेकाे फिल्न धाकडमा कंगना रनावत एक्सन अवतारमा प्रस्तुत हुँदैछिन्।
कंगना रनावत अभिनित फिल्म ‘धाकड’ लाई २०२१ को बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ। यसअघि ‘रिभल्भर रानी’ मा एक्सन लुकमा देखिएकी कंगना धाकडमा पनि एक्सन अवतारमा देखिने भएकी हुन्।
उनले सामाजिक सञ्जाल ट्विटरमाफर्त फिल्मको पोस्टर सार्वजनिक गरेकी हुन्।
They call her Agni… the brave one #Dhaakad
I say she is my depiction of Bhairavi the goddess of death … #Dhaakad pic.twitter.com/nZjuDFFpZC— Kangana Ranaut (@KanganaTeam) February 8, 2021
स्पाई एक्सन थ्रिलर भनिएको फिल्ममा कंगनाले आफूलाई मृत्युकी देवी ‘भैरवी’ सँग तुलना गरेकी छिन्। फिल्म धाकडमा रजनीश राजी घईकाे निर्देशन रहेको छ।
ट्वीट प्रयोगकर्तमहरुले भने कंगना भगवान नभएको भन्दै उनीविरुद्ध टिप्पणी गरिरहेका छन्। उनको कुरा सुनेर आफूहरु ‘बोर’ हुन थालेको प्रयोगकर्ताहरुले उल्लेख गरेका छन्।