किन दायर भयाे सनी लियाेनीमाथि ठगी मुद्दा ?

एजेन्सी। बलिउड अभिनेत्री सनी लियोनीमाथि ठगीको आरोपमा अनुसन्धान भैरहेकाे छ। केरला प्रहरीले लियोनीसँग उनीमाथि दायर मुद्दामा सवालजवाफ गर्दै आएकाे छ।

लियोनीमाथि एक व्यक्तिले २९ लाख भारतिय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। पेरु मबरुरमा बस्ने आर श्रेयसले लियोनीविरुद्ध ठगीको आरोप लगाएका हुन्। श्रेयसका अनुसार लियोनीले कार्यक्रमका लागि पैसा लगेपछि कार्यक्रममा उपस्थित हुन अस्विकार गरेकाे भन्दै केरला क्राइम ब्रान्चले उनीसँग सोधपुछ गरेको हो।

सनीले भने प्रहरीलाई आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन्। आयोजकले पाँच पटक कार्यक्रम रद्द गरेको र निर्धारित समयानुसार कार्यक्रम आयोजना नगरेको सनीले दाबी गरेकी छिन्।