करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ। आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई महानायिकाको पदवी दिएको हो।

करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको थियो।

हालै काठमाडौंमा आयोजित समारोहमा आरके इन्टरटेनमेन्टले करिश्मालाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरेको हो। उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरेका छन्।

समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा. भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको छ।