भारतीय अभिनेता राजीव कपूरको निधन

काठमाडौं। भारतीय अभिनेता राजीव कपूरको निधन भएको छ। ऋषि कपूर र रणधीर कपुरका भाइ राजीवको ५८ वर्षको उमेरमा मङ्गलवार निधन भएको हो।

हृदयघात भए पछि अस्पताल लागेकोमा उनलाई डाक्टरले मृतक घोषित गरेका थिए। रणधीरले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै निधनको खबर पुस्टी गरेका छन्। साथै नीतु कपुरले सामाजिक सञ्जालमा ‘आरआईपी’ लेख्दै समवेदना व्यक्त गरेकी छन्।

‘एक जान हे हम’ चलचित्र मार्फत सन् १९८३मा अभिनयमा डेब्यु गरेका थिए । उनलाई चिनाउने चलचित्र भने ८५सालको ‘राम तेरी गङ्गा मैली’ बन्न पुग्यो। उनले चलचित्र ‘आ अब लौट चले’ मा लगानी गर्दै निर्माता बनेका थिए भने ‘प्रेम ग्रन्थ’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए।