प्रधानमन्त्री ओलीले गरे लुम्बिनी केबलकारको शिलान्यास

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन्। शनिबार अपराह्न प्रधानमन्त्री ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका हुन्।

साढे ३ अर्ब लागत लाग्ने अनुमान गरिएको उक्त योजना रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ को बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म केवलकार निर्माण हुनेछ।

तीन किलोमिटर दुरीमा सञ्चालन हुने केवलकार निर्माण क्षेत्रमा रहेको वन क्षेत्र २५ वर्षका लागि उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

चन्द्रागिरि हिल्स केबलकार प्रालिका सञ्चालकहरुले लगानी गर्न लागेको उक्त केबलकारको निर्माणसँगै वसन्तपुरमा पाँचतारे होटलसमेत स्थापना गरिने भएको छ।

अन्य सम्बन्धित समाचार:  विद्यालयमा आगलागी: एक करोडको क्षति