सबैभन्दा ठुलो शहरमा लकडाउन

काठमाडौँ। न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले कोरोना भाइरसको तीन नयाँ संक्रमण भेटिएपछि त्यहाँको सबै भन्दा ठुलो सहर अकल्याण्डमा लकडाउनको निर्देशन दिएकी छिन्।  न्युजिल्याण्डले कोरोना भाइरसको सामना गरेको सफल रणनीतिको कारण विश्वभरि प्रशंसा गरिएको छ।

न्युजील्याण्डमा हालसम्म कुनैपनि सामुदायिक स्तरमा कोरोना संक्रमण फैलिएको छैन। करिब ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डमा दुई हजार तीन सय जना संक्रमित भएका छन् र २५ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  इजरायल–प्यालेस्टाइन हानाहान जारी