हल्का वर्षा र हिमपातको सम्भावना, देशभरको तापक्रम घट्ने

काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गर्दै प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको  छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ।

साथै आज राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  कारागार पठाउनुपर्ने ५ जना कैदीबन्दीमा कोरोना संक्रमण