सरकारको तीन वर्ष पूरा, उपलब्धिबारे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरी जानकारी दिँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज तीन वर्ष पूरा गरेको छ। गत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।

प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै छन्। पत्रकार सम्मेलनमा उनले बितेका तीन वर्षमा सरकारले प्राप्त गरेका उपलब्धिबारे जानकारी दिने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  उम्मेदवारी दिनका लागि राम बहादुर थापा हेलिकप्टर चढेर हेटौँडा गए