रियल मड्रिड भ्यालेन्सियालाई हराउँदै दोस्रो स्थानमा

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा भ्यालेन्सियालाई रियल मड्रिडले हराएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियलले भ्यालेन्सियामाथि २–० गोल अन्तरले जित निकालेको हो।

रियलको जितमा करिम बेञ्जेमा र टोनी क्रुसले गोल गरे। खेलको १२ औं मिनेटमै क्रुसको पासमा बेञ्जेमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यसैगरी ४२ औं मिनेटमा क्रुसले नै गोल गर्दा पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा रियलले २–० ले खेल आफ्नो पक्षमा र्पायो।

जितसँगै रियल मड्रिड अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। शीर्षस्थानमा २१ खेलबाट ५४ अंक जोडेको एट्लेटिको मड्रिड छ भने दोस्रो स्थानमा २२ खेलबाट ४९ अंक जोडेको रियल मड्रिड छ। त्यस्तै तेस्रो स्थानमा ४६ अंक जोडेको बार्सिलोना छ।

अन्य सम्बन्धित समाचार:  च्याम्पियन्स लिग: उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने