कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

काठमाडौं। नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ। प्रधानमन्त्री कपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ।

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन्। पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन्। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन्। आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र माधव पक्षीय नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु