महिला लिग फुटबल अन्तर्गत दुई खेल हुँदै

काठमाडौं। राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। एपीएफ क्लब र नेपाल पुलिस क्लब तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको जनाइएको छ।

एपीएफ र पुलिसबीचको पहिलो खेल दिउँसो १२ बज एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने विराटनगर र वालिङ दिउँसो ३ बजे भिड्ने छन् भने उक्त खेल पनि एन्फा कम्प्लेक्स सातदोबाटोमा नै हुनेछ। यसअघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराएको थियो।

आजको खेल जितेको खण्डमा एपीएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबलाई ५ अंकले पछि छाड्ने छ। एपीएफ ९ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थानमा छ। आर्मीले १० खेलबाट २५ अंक जोडेको छ। यस्तै वालिङ १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने पुलिस १३ अंक जोडेर पाँचौ स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  च्याम्पियन्स लिग: उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने