दुईजनाले गरे एक पुरुषमाथि बलात्कार

झापा। झापामा शनिबार एक अनौठो घटना भएको छ। जहाँ दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन्।  कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएको झापा प्रहरीले जनाएको छ।

शनिबार बेलुकी ७ बजेतिर कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडुले कनकाई–७ का ३० वर्षीय पुरुषलाई खोला किनारमा लगी बलात्कार गरेका हुन्। पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ भने बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  समयमा रगत नपाउँदा सुत्केरीको निधन