साँझ ६ बजेपछि गाडी चलाउन नपाइने

हुम्ला। हुम्लामा साँझ ६ बजेपछि गाडी चलाउन नपाइने भएको छ। दुर्घटनाको जोखिम बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले साँझ ६ बजेपछि गाडी चलाउन नपाइने नियम लागु गरेको जनाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक लोकबहादुर चन्दका अनुसार कच्ची सडकमा बेलुका देखि रातीको समयमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्ने देखिएपछि यस्तो नियम लगाउनु परेको हो।

अन्य सम्बन्धित समाचार:  गाई काटेको अभियोगमा २ जना पक्राउ