रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प

रसुवा। रसुवाको गोसाँईकुण्ड गाँउपालिकाको टीमुरेमा निमार्णधिन १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरहरुले ठप्प गरेका छन्। चिनियाँ ठेकदार सिडब्लुई कम्पनीले दुई महिना भन्दा बढीको पारिश्रमिक नदिएको भन्दै कामदारहरूले कार्यालयमा ताला लगाएर काम बन्द गरेको जनाइएको छ।

दिनहुँ १० घन्टा काम गर्दै आएका उनीहरूले कोरोना भाइरसको संक्रमण पछि कम्पनीले दैनिक एक घन्टा काम घटाएकाले आफूहरू मर्कामा परेको जनाएका छन्। समयमै आफ्नो पारिश्रमिक भुक्तानी गरेमा काममा फर्कने कामदारहरूले बताएका छन्। उक्त जलविद्युत् आयोजनामा तीन सय ६० जनाले काम गर्दे आएका छन्।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा पसलहरु बिहान कति बजेसम्म खोल्न पाइने?