प्रदेश १ सरकारको वार्षिकोत्सव प्रचण्ड–माधव पक्षद्वारा बहिस्कार

विराटनगर। प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड–माधव पक्षले अघोषितरुपमा बहिस्कार गरेको छ। सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ। उक्त वार्षिकोत्सवमा प्रचण्ड–माधव पक्ष भने सहभागी भएन। प्रचण्ड–माधव पक्षका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको जानकारी दिए।

त्यसगैरी वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छैन। कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताएका छन्। उक्त वार्षिकोत्सवमा कांग्रेसबाट सांसद विन्दिया कार्की सहभागी भएकी छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त