सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य घटेको छ। सुनको मुल्य तोलामा रु १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो (आईतबार) प्रति तोला रु ९० हजार ८ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज रु १ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रतिा तोला रु ९० हजार ७ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनकाे मूल्य बढ्यो, तोलाको कति?