प्रधानमन्त्री ओलीले उद्घाटन गरे पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय

काठमाडौं। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले  आज उद्घाटन गरेका छन्। भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो।

अन्य सम्बन्धित समाचार:  मन्त्रीपरिषद्को बैठक— जतिसक्दो चाँडै प्रधानमन्त्रीले विस्वासको मत लिने विषयमा छलफल