धरहरा निर्माण यसै साल पूरा हुन्छः प्रधानमन्त्री ओली

कठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षति र्पुयाएपछि पुनर्निर्माण शुरू गरिएको २२ तले धरहरा यसै साल बनिसक्ने जानकारी दिएका छन्। प्रधानमन्त्री बनेको ३ वर्षभित्र गरेका कामकारवाहीको विवरण सार्वजनिक गर्दै ओलीले २२ तले धरहराको २१ औं तला निर्माण पूरा भइसकेको जनाए।

‘धरहरालाई ऐतिहासिक झल्किने र आधुनिकता पनि टल्किने गरी नेपालको गौरवको रूपमा उभ्याउन म बनाउँछु मेरो धरहर कार्यक्रम अघिल्लो कार्यकालमा शुरू गरेको हो,’ उनले भने, ‘यतिबेला २२ तले धरहराको २१ औं तला सम्पन्न भइसकेको छ। धरहरा निर्माण यसै साल पूरा हुन्छ।’ २०७४ फागुन ३ प्रधानमन्त्री बनेका ओलीले सोमवार सरकारका उपलब्धिबारे सिंहदरबारबाट जानकारी दिइरहेका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा विपक्षीको बहुमत पुगेन, पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्रीको सपथ गराइँदै