तोकिएकै मितिमा चुनाव हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशमखै चुनाव हुने दावी गरेका छन्। तीन बर्षमा सरकारले गरेका कामको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक हल्लाका पछाडि नग्न र चुनावको तयारीमा जुट्न सबैलाई आग्रह गरे। उनले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विरोधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेको दाबी गरेका छन्।

उनले निराश हुनुपर्ने अवस्था नरहेको समेत बताए। उनले पुनर्निर्माण तथा पुनस्र्थापना, सडक, शिक्षा, खानेपानी, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेको पनि बताए।

रेलमार्ग तथा सञ्जाल विस्तार, जल यातायात, सुरुङ मार्ग, ठूला जलविद्युतको काम भइरहेको प्रधानमन्त्रीले बताए। उनले रेल छिट्टै सञ्चालनमा आउनेसमेत दोर्होयाए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको शपथ बदरको माग गर्दै सर्वोच्चमा ४ रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभूमिको रक्षा गर्न गम्भीरतापूर्वक लागेको बताए। सरकारले सीमा विवाद समाधानमा निरन्तर पहल गर्दै आएको पनि उनले बताए।