दुई कर्मचारी ८ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारी घुस रकम सहित पक्राउ परेका छन्।

नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल ८ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो।

सेवाग्राहीको शेयर पुँजी बढाउन चन्दले दाहाललाई भेट्नु भनेपछि उनले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै ८ हजार रुपैयाँ घुस मागेको दाबी गरिएको छ।

अन्य सम्बन्धित समाचार:  समयमा रगत नपाउँदा सुत्केरीको निधन