भूमिआयोग डोटीका पदाधिकारीद्धारा पदभार ग्रहण

डोटी। भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार ग्रहण गरेका हुन्।

अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताएका छन्। उनले भने, “भुमि सम्बन्धि लामो समयदेखिको समस्या समाधानमा हामी केन्द्रित हुने छौँ, सबैको साथ र सहयोग आवश्यक हुने छ।”

यसैगरी उक्त आयोगका बिज्ञ तथा पत्रकार पालीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आफुहरु सोही अनुसारको काममा बढी खटिने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ