टी-ट्वान्टी वरीयतामा नेपाल यथावत

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो। नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ।

यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो। नेपालको टी ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो। नेपाल एकदिवसीय वरीयतामा १७ औं स्थानमा रहेको छ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ। यस्तै अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिग: पोखरा र चितवनलाई प्लेअफको दवाव